Live Streaming

लेखा समितिले मन्त्री खड्कासँग सोधपुछ गर्ने

काठमाडौं, ४ असार ।
भुकम्प पीडितका लागि भन्दै खरिद गरिएको पालमा आर्थिक अनियमितता भएको भन्दै संसदीय समितिले आज सरकारसँग जवाफ माग्ने भएको छ । सिंहदरवारमा बिहान ११ बजेपछि बस्ने बैठकमा सार्वजनीक लेखा समितिले शहरी बिकास मन्त्री नारायण खड्कालाई बोलाएको छ । बिभिन्न मुलुकबाट राहत स्वरुप आएका हजारौं पाल तथा खरिद गरिएका पालमा समेत भ्रष्टचार भएको उजुरीका आधारमा समितिले सरकारको धारणा बुझ्न चाहेको हो ।

राष्ट्रिय बिपद ब्यवस्थापन, अनुगमन तथा निर्देशन बिशेष समितिले समेत शहरी बिकास मन्त्रालयले खरिद गरेका पालमा अनियमितता भएको हुन सक्ने भन्दै दोषी देखिएकालाई कारवाही गर्न सरकारलाई भनेको थियो । राष्ट्रिय सतर्कता केन्द्रले हालै सार्वजनीक गरेको छानविन प्रतिवेदनमा समेत पाल खरिदमा झण्डै २५ करोड रुपैयाँ अनियमितता भएको दावी गरेको थियो । प्रधानमन्त्री मातहतको केन्द्रले गरेको छानविनमा मन्त्रालयले खरिद गरेको ४ लाख ५२ हजार ७ सय २ थाल पालको मूल्य ६९ करोड ८६ लाख रहेकोमा १ लाख ६० हजार चार सय ३७ पालमा करिब २४ करोड ८० लाख रुपैयाँ भ्रष्टचार गरेको प्रतिवेदन तयार पारेको थियो ।   

यस्तै आजै अपरान्ह २ बजे बस्ने अर्थ समितिको बैठकमा समेत सरकारको कामकारवाहीबारे छलफल हुने भएको छ ।