एसएलसीको नजिता आज
काठमाडौं, ४ असार ।
परिक्षा नियन्त्रण कार्यालयले गत बर्ष सञ्चालित प्रवेशिका परिक्षा एसएलसीको परिक्षाफल आज सार्वजनीक गर्ने तयारी गरेको छ । अन्तिम तयारी स्वरुप कार्यालयको बोर्ड बैठक बिहान साढे १० बजेका लागि बोलाईएको छ ।
बैशाख १२ र २९ गते आएको बिनाशकारी भुकम्प र त्यसपछिका बारम्बारका परकम्पबाट समेत उत्तरपुस्तिकामा कुनै असर नपरेपछि नियान्त्रण कार्यालयले बिगतमा झै असारको पहिलो साता नै नजिता प्रकाशन गर्न लागेको हो । पनिकाका अनुसार गत चैत्र ५ गतेदेखि सुरु भएको परिक्षामा ५ लाख ७४ हजार ६ सय ८५ जनाले परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ तथा एक्जाम्टेडतर्फ १ लाख ५४ हजार १ सय ८३ जना छन् ।
परिक्षा नियन्त्रक बिष्णबहादुर द्वारेले कुनै प्राविधिक कठिनाई नआए आज अपरान्हसम्ममा परिक्षाफल सार्वजनीक गर्ने जानकारी दिनुभयो । भक्तपुरको सानोठिमीस्थित कार्यालयमा परिक्षार्थीको प्राप्ताङ्कको रुजु कार्य अन्तिम चरणमा पुगेको छ ।