Live Streaming

ऐतिहासिक सम्पदा पून निर्माण

काठमाडौं, ३ असार । विश्व सम्पदा सुचिमा सुचिकृत काठ्माण्डौका ऐतिहासिक सम्पदा पून निर्माण गर्न सभासदहरुले सरकारलाई ध्यानकर्षण गराएका छन् । काठ्माण्डौ उपत्यकाबाट प्रतिनिधित्व गर्ने सबै दलका सभाषदहरुले ऐतिहासकि सम्पदा पून निर्माण गर्न माग गरेका हुन् ।आज सभाषदहरुले भूकम्पबाट ध्वस्त भएका संरचानाहरुको अबलोकन गर्दे आगमी अर्थीक बर्षको बजेटमा एतिहासीक सम्पदा पून निर्माणलाई प्रथमिकतामा राख्न आग्रह गरेको काग्रेस सभाषद नबिन्द्र राज जोशीले जानकारी दिनुभयो ।

बैसाखमा आएको भूकम्पले राजधानिका विश्व सम्पदा सूचिमा सूचिकृत धरहरा बसन्तपुर दरवार पाटन लगाएतका ऐतिहासिक सम्पदा भत्किएका थिए ।  अबलोकनका क्रममा धेरै घर बस्नै नमिल्ने गरि चर्किएको र ती घरले गर्दा अन्य घरहरुमा समेत असर पुगेकाले अयोग्य घर भत्काउन सरकारले आलटाल गरेको सभाषदहरुको आरोप  छ ।