Live Streaming

​अब डबल फास्ट ट्रयाकबाट संविधान निर्माण : प्रम कोइराला

काठमाडौं,३ असार । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम डबल फास्ट ट्र्याकबाट गर्नुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ज्ञापन पत्र बुझाउन पुगेका नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधिसँग प्रधानमन्त्री कोइरालाले फाष्ट टय«ाकबाट नपुग्न र डबल फाष्ट ट्राकबाट संविधान ल्याउनुपर्ने बताउनुभयो ।

“संविधान छिट्टै बनाउन परेको छ, पार्टीहरु आत्तिन थाले । म अठ्याएर त बस्ने हैन”सो अवसरमा, प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“संविधान ल्याउनुहोस्, घोषणा भएको दिन छोड्छु ।” प्रकृयालाई छोटो बनाउन सकिने भए पनि मिचेर जान नसकिने प्रधानमन्त्री कोइरालाको भनाइ थियो ।

 उहाँले चार पार्टीहरुका बीचमा भएको सहमतिले संविधानको प्रारुप मात्र बनेको उल्लेख गर्दै संविधानको विषयमा छलफल गर्ने अधिकारबाट जनतालाई बञ्चित नहुने बताउनु भयो । प्रधानमन्त्री कोइरालाले आउने संविधानमा आदिवासी जनजातिका हक अधिकार अझ बढी सुरक्षित हुने बताउनुभयो । उहाँले आदिवासी जनजाति सबैको पहिचान,संस्कृति,भेषभूषा, भाषा,धार्मिक स्वतन्त्रता सुनिश्चित गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो ।