सरकार, नुन पाए खोले खान्थ्यौ
सुवास योञ्जन
चरीकोट ३ असार । भुकम्पले सडक सञ्जाल टुटाएपछि लामाबगर बासी यति बेला नुन खानबाट समेत बञ्चित भएका छन् । उनीहरुसँंग पैसा भएर पनि किन्ने ठाउँ नहुँदा नुन खानबाट बञ्चित भएका हुन । उनीहरुको एउटै भनाइ छ,सरकार नुन पाए खोले खान्थ्यौ । पाखा भित्तोमा रहेको सिस्नुको तरकारी पकाएर खान्थ्यौ । लामाबगर गाविस वडा नम्वर ६ का फेरे तामाङले सरकारसँंंग यस्तै माग राखेका छन् । सरकारले सबै ठाउमा राहत पुगेको भनिरहँंदा उत्तरका गाविसहरुमा नुन समेत खान नपाएको गुनासो आएको हो ।
तामाङले राहतको अरु सामाग्री नदिए पनि नुन मात्र पर्याप्त मात्रामा दिए पुग्ने बताए । उनीजस्तै धेरै स्थानीय नुनको पर्खाइमा रहेको टेलिफोनमार्फत जानकारी दिए । नुन किन्न बजार जाने बाटो त परै जाओस,एक टोलबाट अर्को टोलमा जाने बाटो समेत पहिरोले बगाएको भन्दै आफूहरुको दैनिकी कष्ठकर भएको बताए । यस्तै लामाबगर ८ ठाडीका पहलमान तामाङले भूकम्प पछि हेलीकप्टरले केही बोरा नुन र चामल बारीमा झारेको बताउँंदै त्यस पनि कुनै सामाग्री नआएको जानकारी दिए । भुकम्प गएको दुई महिना हुन लाग्दा समेत सरकारी संयन्त्र नपुगेको र राहतको प्याकेज पनि नआएको भन्दै सरकारसँंग गुनासो गरे ।
धेरै संघ संस्थाहरु आएको सुनेको भएपनि आफ्नो गाउँंमा कोही नआएको जानकारी दिए । आफूहरु चामल र पैसाको भन्दा पनि नुनको पर्खाइमा रहेको बताए। धेरैको घरमा यति बेला नुन सकिएकोले नुनविनाको खोलेपानी खाएर बसेको बताए । चारैतिर पहिरो खसिरहँंदा बाँंचिने आशा समेत झिनो रहेको दुखेसो पोखे । लामाबगरको ठोङडोङ, गोगरडाँडा, पञ्चेत, ठाडी, श्यालुलगायतका स्थानीयले हालसम्म राहत नपाएको जनाएको छ ।
यस विषयमा गाउँं विकास समिति लामाबगरका सचिब भरत पौडेलले पनि राहत पुराउन नसकिएको स्वीकार गरे । उनले भूकम्प पछि उक्त स्थानमा दुई बोरा नुन र १४ बोरा चापलभन्दा थप केही नपुगेको बताए । सचिव पौड्ेलले भने ‘हिडेर जाने सम्भावना छैन, हेलिकप्टरको व्यवस्था हुन सकेन । उनले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पटक पटक स्थानीयले नुन समेत खान नपाएकोले नुन लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेपनि व्यवास्था गरेको दुखेसो पोखे । लामाबगरबासीको लागि ब्यारेकमा राहतको सामाग्री थन्कीएको बताउदै लैजाने सामाग्री नहँुंदा समस्या भएको सचिव पौडे्लले बताए ।
उनले राहत सामाग्री लैजान नसकेकै कारण परिचय पत्र र रु १५ हजार रुपैया लिएर जान नसकेको बताए । उनले भने“त्यहाका स्थानीयलाई परिचय पत्र भन्दा पनि बढी आवश्यकता खानेकुराको भएकोले सरकारले त्यहाको स्थानीयको जीवन रक्षाको लागि भएपनि हेलिकप्टरमार्फत राहत पठाउनु पर्छ ”। यसैबिच जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले त्यहाको अवस्था बारे जानकारी लिएर तत्काल राहतको सामाग्री पठाउने प्रयास गर्ने बताए । आफु जिल्ला आएको धेरै नभएकोले सबै वस्तुस्थीति बुझिनसकेको भन्दै बुझेर समस्या समधान गर्ने प्रतिक्रिया दिए ।