Live Streaming

अन्नपूर्ण राहत अभियान - नेवा देय दबु सुनसरीले दियो आर्थिक सहयोग

रत्नप्रसाद आचार्य


धरान: अन्नपूर्ण मिडिया ग्रुपले भुकम्प पीडितहरुको सहयोगार्थ संचालन गरेको अन्नपूर्ण राहत अभियानलाई नेवा देय दबु सुनसरीले ५३ हजार ४ सय ५५ रुपैयाँं आर्थिक सहयोग गरेको छ । नेवा देय दबु सुनसरीले बिहीबार एक  कार्यक्रमको आयोजना गरी उक्त रकम नेवा देय दबु सुनसरीका अध्यक्ष सरला कायस्थले अन्नपूर्ण पोष्टका  सुनसरी प्रतिनिधि रत्नप्रसाद आचार्यलार्ई हस्तान्तरण गरेकी हुन्।  भुकम्प पीडितहरुलाई सहयोग गर्ने उदेश्यले विभिन्न संघ सस्था तथा नेवा देय दबु सुनसरीका पदाधिकारीहरुबाट रकम संकलन गरी उक्त रकम अन्नपूर्ण मिडिया गु्रपले संचालन गरेको अन्नपूर्ण राहत अभियानलाई हस्तान्तरण गरिएको हो ।

भुकम्प पीडितका लागि सहयोग थालेको अन्नपूर्ण मिडिया मार्फत भुकम्प पीडितहरुका लागि उक्त रकम हस्तान्तरण गरिएको नेवा देय दबु सुनसरीकी अध्यक्ष सरला कायस्थले बताइन् । उनले बैशाख १२ गते आएको विनासकारी भुकम्प पीडितहरुलाई केही सान्त्वना मिलोस् भन्ने उदेश्यले संस्थाले आर्थिक सहयोग गरेको बताइन् । नेवा देय दबु सुनसरीका महासचिव तिर्थ मास्केले भुकम्प पीडितहरुलाई सबैले सहयोग गरे उनीहरुको पीडामा मलम लगाउन मद्धत पुग्ने बताए । नेवा देय दबु सुनसरीले सुनसरीका इटहरी, धरान, पकलीलगायतका स्थानबाट रकम संकलन गरिएको अध्यक्ष कायस्तले बताइन् ।

 नेवा देय दबुको अभियानलाई नेवा देय दबु सुनसरीले ५०००, धरानकी सरला कायस्थले २०००, तिर्थ मास्केले १०००, राजिव हलुवाईले १०००, नायजु समाज धरानले २०००,  धुलिखेल समाज, धरानले ३१००, रम्भा कर्माचार्य धरानले ३०००, झिंगु समाज धरानले ३१०० आर्थिक सहयोग गरेका छन् ।    त्यस्तै धरानकै प्रित्तम प्रसाद श्रेष्ठले १०००, मदन प्रसाद श्रेष्ठले २०००, ललितमान श्रेष्ठले १०००, शुसिला जोशीले ३०००, सिता श्रेष्ठले ११००, किसन मास्कले १०००, नेवा पुच इटहरीले २०००, मकालु वाइन इण्डट्रिजले ५०००, नेवा थपू गुठीले ५५५५, सिद्धि नेवा परिषद धरानले ५१००, नेपा बहुउश्य सहकारी संस्था इटहरीले २०००, नेवार सेवा समाज समिति पकलीले १०००, धरानका श्याम गोविन्द श्रेष्ठले ५००, छत्रकुमारी श्रेष्ठले ५००, लक्ष्मी शाक्यले ५००, राधाकृष्ण शाक्यले ५००,विमला प्रधानले ५०० र बसन्त श्रेष्ठ ले १००० रुपैया सहयोग गरेको अध्यक्ष कायस्थले जानकारी दिइन् ।