विष्फोटमा कम्तिमा ३१ जनाको मृत्यु
एजेन्सी,३ असार । यमनको राजधानी सानास्थित एक मस्जिदमा श्रृखलाबद्ध विष्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन । इस्लामिक चरमपन्थी समुह आइएस विद्रोहीले कम्तिमा पनि २ ओटा कार बम विष्फोट गराएको अधिकारीले जनाएका छन। राष्ट्रसंघको मध्यस्ततामा यमन सरकार र हुथी विद्राहीबीच शान्ति बार्ता चलिरहेकै बेला यो आक्रमण भएको बीबीसीले जनाएको छ ।