७ लाख थप गरिवी बढ्ने अनुमान
काठमाडौं,३ असार । भूकम्पका कारण नेपालमा थप ७ लाख मानिसलाई गरीबीकोे रेखामुनी पु¥याएको छ । भूकम्पको कारण २ दशमलव ५ देखि ३ दशमलव ५ प्रतिशतसम्म गरीबी बढ्न सक्ने अनुमान गरिएको हो । भूकम्पका कारण आफुसंग भएको सम्पत्ति र कमाउने मानिस समेत गुमाएकामध्ये करी ७ लाख गरीबीको रेखामुनी विश्लेषकहरू बताउँछन् ।
भूकम्पछि ती मानिसको कृषि उत्पादन, बस्ने घरदेखि आयआर्जन गर्ने स्रोत साधन समेत गुमेकोले गरीबको सङ्ख्या थपिएको अर्थविद् विश्वम्भर प्याकुरेलको भनाई छ । गरीबी सम्बन्धी पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करीब २३ दशमलव ८ प्रतिशत मानिस गरीबीको रेखामुनि रहेका छन् । २०६८ का जनगणनालाई आधार मानेर चालू १३ औं योजनामा गरीबी १८ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो ।