२४ बर्षपछि कोलम्बिया विजयी
जेठ ३, एजेन्सी ।
कोपा अमेरिका कप फुटवल अन्तरगत आज बिहान भएको खेलमा कोलम्बिया विजयी भएको छ । समुह सी अन्तरगतको खेलमा कोलम्बियाले ब्राजिललाई १–० ले स्तब्ध पा¥यो । सन् १९९१ मा विजयी भएयता कोलम्बियाले ब्रजिललाई हराउन सकेको थिएन । खेलको ३७ आंैं मिनेटमा जेईसन मुरिल्लोले गरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै कोलम्बियाले जारी प्रतियोगितामा खाता खोलेको छ । यद्यपी ब्राजिलसँग समान अंक भएपनि गोल अन्तरमा कोलम्बिया एक स्थान तल समुह सीको तेस्रो स्थानमा छ । पहिलो स्थानमा भने भेनेजुएला छ ।
खेल सकिएपछि खेलाडिहरुबीच हात हालाहाल हुँदा अम्पाएरले ब्राजिलका नेईमार र कोलम्बियाका कार्लोस बाक्कालाई रातो कार्ड देखाएका थिए । रातो कार्डसँगै नेईमरले ब्राजिलका तर्फबाट तीन खेल खेल्न नपाउने भएका छन् ।
उता, महिला बिश्वकपमा भने ब्राजिलले कोष्टारिकालाई १–० ले पराजित गरेको छ । खेलको ८३ औं मिनेटमा फर्नान्डेस सान्तोसले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त भयो । जितसँगै ब्राजिल समुह ई को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम १६ मा उसले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा साउथ कोरियाले स्पेनलाई पराजित गर्दै नटआउट चरणमा स्थान बनाएको छ । स्पेनलाई पहिलो पटक पराजित गर्नेक्रममा साउथ कोरियाले २–१ को जित निकालेको हो । अन्य खेलमा अमेरिकाले नाईजेरियालाई १–० ले, ईङ्ल्याण्डले कोलम्बियालाई २–१ ले र फ्रान्सले मेक्सिकोलाई ५–० ले पराजित गरे । अष्ट्रेलिया र स्विडेनले भने १–१ को बराबरी खेल्दै अंक बाढेका छन् ।