Live Streaming

​सिटी मार्केटका व्यवसायीलाई तत्काल नहट्न लेखा समितिको निर्देशन

काठमाडौं,२ असार । संसदको सार्वजनिक लेखा समितिले पुरानो बसपार्कस्थित सिटी मार्केटका व्यबसायीलाई तत्काल नहटाउन निर्देशन दिएको छ । आज बसेको समिति बैठकले महानगरपालीकाले सिटी मार्केटमा सटर भाडामा लिएर व्यवसाय  संचालन गरिरहेकालाई सटर खाली गर्ने अल्टिमेटम दिएको थियो ।

सिटी मार्केटको विषयमा अनुसान्धान जारी रहेकाले अनुसन्धान नसकिए सम्म व्यवसायीलाई नहटाउन महानगरपालिकालाई निर्देशन दिएको समिति सभापति जनार्धन शर्माले जानकारी दिनुभयो  ।