मस्यौदा जनताको माझमा लैजान आवश्यक छैन : ओली
काठमाडौं,२ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको मस्यौदा सुझाव तथा प्रतिक्रियाको लागि जनताको माझमा लैजान नपर्ने बताउनु भएको छ । उपचारका लागि बैंकक उड्नु अघि विमानस्थलमा ओलीले एमालेका अध्यक्ष केपी ओलीले संविधानका विषयमा जनताले ८ बर्षसम्म छलफल गरिसकेको प्रतिक्रिया दिनुभयो ।
उहाँले अहिलेको विपदका बेलामा जनताले संविधान पढेर नबस्ने पनि बताउनुभयो । ओलीले भन्नुभयो “अहिले विपद्को बेला छ यस्तो बेला जनता एक महिना संविधान पढेर बस्दैनन्। छोटो बाटोबाट अघि बढ्नुपर्छ ।”
संविधानको मस्यौदा एक महिना जनताकहाँ लैजानुपर्ने प्रधानमन्त्रीको भनाई तर्फ इगिंत गर्दै ओलीले एक महिना जनताकहाँ जाने समय र अबस्था नरहेको प्रतिक्रिया दिनुभयो । अब छलफल र बहसको नाममा समय खेर फाल्ने वा अल्झिने अवस्था नरहेको भन्दै ओलीलले भन्नु भयो पार्दै भने, ’एमालेले फास्ट ट्रयाकबाट अघि बढौं र असार मसान्तभित्रै संविधान जारी गरौं भन्दा प्रधानमन्त्रीजीले सुपरफास्ट भन्नु भएको थियो ।
सुपरफास्ट नभए पनि फास्टबाट पछाडि फर्किनुहुन्छ जस्तो मलाई लाग्दैन।’उहाँले आफू मुलुक बाहिर रहँदा पनि संविधान लेखनको कुनै काम नरोकिने जानकारी पनि दिनुभएको छ । आफूले पार्टीका बरिष्ठ नेताहरुले संविधान लेखनमा सहमति जुटाउने जिम्मा लगाएर हिँडेको बताउनुभयो । उपचारको सिलसिलामा आज बैंकक जानुभएका एमाले अध्यक्ष ओली पाँचदिन पछि नेपाल फर्किने कार्यक्रम छ ।