सिरियामा १६ जना मारिए
एजेन्सी, २ असार । सिरियामा सेनाले विद्रोहिविरुद्ध गरेको पछिल्लो कारबाहीमा १६ जना मारिएका छन् । सेनाको सो हवाई आक्रमणमा मारिने मध्ये अधिकांश सर्बसाधारण रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सिरियाको डेईरा सहरमा गरिएको सो आक्रमणमा मारिनेमध्ये १३ जना बालबालिका रहेको अन्तर्राष्ट्रिय मानव अधिकारबादी संस्था ह्युमन राईट्स वाचले जनाएको छ । यद्यपी सिरियन सरकारले भने सो आक्रमणको बारे कुनै आधिकारीक धारणा सार्वजनिक नगरेको बीबीसीले जनाएको छ ।