Live Streaming

धादिङका ४७ गाउँ सुरक्षित स्थानमा सार्न सिफारीस

धादिङ,२ असार । भुकम्पका कारण क्षतिग्रस्त धादिङका ४७ गाउँलाई सुरक्षित स्थानमा सार्नको लागि जिल्लाका सभाषदहरु सम्मिलित पुर्नस्थापना सिफारिस समितिले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सिफारिस गरेको छ ।

विषेशगरी अति विकटको रुपमा रहेको उत्तरी धादिङको अधिकांश बस्तीहरु असुरक्षित भएको भन्दै पाँच गाविसका ४७ गाउँ भुकम्पपछि उच्च जोखिममा रहेकाले तत्काल बस्ती सार्नका लागि उत्तरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासद सम्मिलित पुर्नस्थापना सिफारिस समितिले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सिफारिस गरेको हो ।

अहिलेसम्म सडक सञ्जालले नछोएको उत्तरी धादिङका ५ गाउँ विकास समितिका बस्तीहरुमा माथिबाट पहिरो खस्ने र बस्ती रहेको जमिन पनि फाटिएकाले भाषिने खतरामा रहेको सभाषदहरुलेबताएका छन् । भुकम्पको केन्द्रविन्दू गोरखाको बारपाकबाट नजिकै रहेका कारण उत्तरी क्षेत्रमा बढी मात्रामा क्षति पुगेको छ ।