४० परमाणु भट्टी सञ्चालन
एजेन्सी,२ असार । रुसले सन् २०१५ को ६ महिनाभित्र थप ४० परमाणु भट्टी सञ्चालन गरेको छ । रुसमा आयोजित एक हतियार मेलालाई संबोधन गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१५ मा रुसले ४० नयाँ परमाणु भट्टी सञ्चालन गरेको बताउनुभयो ।
उहाँले सो अबधीमा अत्याधुनिक एन्टि मिशाईल डिफेन्स सिष्टमको पनि सफलतापुर्बक परिक्षण सम्पन्न गरेको जानकारी दिनुभयो । बिश्बब्यापि रुपमा आणबिक भट्टी सञ्चालनको ब्यापक बिरोध भैरहदा रुसले भने थप भट्टी सञ्चालनमा ल्याएको दाबि गरेको हो ।
अमेरिकाले पुर्बि युक्रेनमा रुसको भुमिकालाई लिएर सैन्य तैनाथी बढाउने निर्णय गरेलगत्तै रुसी राष्ट्रपति पुटिनको भनाई सार्बजनिक भएको हो । यसैबिच उत्तर एटलान्टिक सन्धि संगठन नेटोले रुसि राष्ट्रपति पुटिनको भनाईप्रति आलोचना गर्दै युक्रेन मामलामा रुसले ठुलो मुल्य चुकाउनु पर्ने चेताबनी दिएको छ ।