Live Streaming

​द्धन्द समाधानका लागि अमेरिकी प्रयास

एजेन्सी,२ असार । भारत र पाकिस्तान बिचको द्धन्द समाधानका लागि अमेरिकाले उच्च स्तरिय प्रयास सुरु गरेको छ । कश्मिर सिमाको बिबादका कारण यि दुई राष्ट्रबिचको कटुता अन्त्यको प्रयास स्बरुप अमेरिकाले यस्तो प्रयास सुरु गरेको हो । अमेरिकी बिदेश मन्त्री जोन केरीले पाकिस्तानी प्रधानमन्त्री नबाज सरिफलाई टेलिफोन गरि दुई छिमेकी बिचको तनाब कम गर्नका लागि पाकिस्तानले रचनात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाई टेलिफोनबार्ता गरेको केहि दिनमै केरीले पाकिस्तानी प्रधानमन्त्री सरिफसँंंग कुराकानी गर्नुभएको हो । उहाँले दुई देशबीचको सम्बन्ध सुधार गर्न दुवै राष्ट्र गम्भीर भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।