Live Streaming

दाता सम्मेलनको तयारी

काठमाडौं, २ असार । सरकारले आगामी असार १० गते हुने दाता सम्मेलनमा नेपालका प्रमुख गन्तव्य स्थलको वृत्तचित्र प्रस्तुत गर्ने भएको छ ।  सम्मेलनमा दातालाई भूकम्पअघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र प्रस्तुत गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

 सम्मेलनमा सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरवार क्षेत्र, ऐतिहासिक संरचना,  प्रभावित केही जिल्लाको स्थलगत अवलोकन समेत गराउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता रामशरण पुडाशैनीले जानकारी दिनुभयो ।

सम्मेलनमा विपदपछिको आवश्यकता मुल्याङ्न पिडिएनए अनुसार पुनर्निर्माणमा आवश्यक बजेट क्षेत्रगत हिसाबले प्रस्तुत गरिनेछ । सम्मेलनमा नेपालको कार्ययोजना प्रस्तुत गरिसकेपछि दाताहरूको सुझाव लिने तयारी सरकारले गरेको छ । दाता सम्मेलनका सहभागीहरूको टुङ्गो ३÷४ दिनभित्र लाग्ने प्रवक्ता पुडाशैनीले जानकारी दिनुभयो ।