Live Streaming

फेरि अर्को पराकम्प

काठमाडौं, २ असार ।
सिन्धुपाल्चोक र तिब्बतलाई केन्द्रबिन्दु बनाएर अर्को पराकम्प मापन भएको छ । अहिले बिहान ८ बजे ५ दशमलब १ म्याग्निच्युटको पराकम्प मापन गरिएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

आज बिहान ५ बजेर ५८ मिनेटदेखि ६ बजेर २६ मिनेट भित्र ३ वटा पराकम्प मापन गरिएको थियो । सिन्धुपाल्चोक केन्द्र बनाएर दुई र काठमाडौं केन्द्र बनाएर एउटा पराकम्प गएको हो । जसमा एउटा ५ दशमलब २ म्याग्निच्युटको थियो ।