२८ मिनेटभित्र ३ वटा पराकम्प
काठमाडौं, २ असार ।
करीब आधा घण्टाको अवधिमा आज बिहान ३ वटा पराकम्प मापन गरिएको छ । बिहान ५ बजेर ५८ मिनेटदेखि ६ बजेर २६ मिनेट भित्र सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर दुई र काठमाडौं केन्द्रबिन्दु बनाएर एउटा पराकम्प गएको हो ।
बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्यूटको पराकम्प मापन गरिएको छ । यसैगरी ६ बजे २६ मिनेटमा पनि सिन्धुपाल्चोक नै केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको पराकम्प मापन गरिएको मुकम्प मापन केन्द्रले जनाएको छ । यस्तै काठमाडौं केन्द्र बनाएर बिहान ६ बज्न दुई मिनेट बाँकी हुँदा ४ दशमलव ४ म्याग्निच्यूटको पराकम्पन गएको छ ।
यसअघि गएराति ९ बजेर ५६ मिनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको पराकम्पन गएको थियो । विनाशकारी भूकम्प आएको करीब २ महिना पुगिसक्दा पनि शक्तिशाली पराकम्प आउने क्रम रोकिएको छैन ।