Live Streaming

पत्रकार धर्नामा

काठमाडौं, १असार । श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाईमा श्रमजिवी पत्रकारहरु आजबाट आन्दोलनमा उत्रिएका छन् । पहिलो दिन आज उनीहरुले हिमालय टेलिभिजन र एभिन्युज टेलिभिजनको कार्यालय अगाडि धर्ना दिएका छन् ।

श्रमको मुल्य र न्युनतम पारिश्रमिकको सम्मान तथा ऐन कार्यान्वयनमा दवाव दिन महासंघको अगुवाईमा पत्रकारहरुले आन्दोलन थालेका हुन् । महासंघ अध्यक्ष महेन्द्र बिष्टको नेतृत्वमा धर्नामा बसेका उनीहरुले महिनौंसम्म तलब नदिएको, न्युनतम पारिश्रमिक लागू नगरेको तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा नल्याएको भन्दै विरोध गरेका छन् ।