Live Streaming

नयाँ पार्टीको बैठक आज

काठमाडौं, १ असार । संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रिय समिति बैठक आज बस्दैछ । मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच हिजो एकीकरण भएपछि नयाँ पार्टीको केन्द्रिय समिति बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजेपछि राजधानीको क्षेत्रपार्टी स्थित एक बैंकक्वेटमा बस्ने सदस्य अजम्बर काङ्माङ्ग राईले जानकारी दिनुभयो ।

बैठकमा भावी कार्ययोजनाका साथै संविधान निर्माण प्रक्रियामा सहभागी हुने नहुनेबारे छलफल हुनेछ । १६ बुँदे सहमतिको बिरोध गर्दै आएका दलहरुबीचको एकीकरण पछि आजको बैठकले संविधान निर्माण प्रक्रियामा समेत आधिकारिक धारणा तय गर्ने राईले जानकारी दिनुभयो । तीन पार्टीबीचको एकीकरण पछि गठन भएको नयाँ पार्टी संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समिति १ सय ९६ सदस्यीय रहेको छ ।