राजमार्ग जोखिममा
काठमाडौं, १ असार । सरकारले भुकम्पका कारण मुलुकमा प्रमुख राजमार्गहरु नै संकटमा परेको बताएको छ । राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गहरु पृथ्वी र अरनिको राजमार्ग सहित मुलुकका विभिन्न १४ वटा राजमार्ग जुनसुकै समय बन्द हुन सक्ने खतरा रहेको सरकारको प्रतिवेदनमा उल्लखे छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयले सार्वजनीक गरेको प्रतिवेदनमा भुकम्वपका कारण राजमार्गका पूर्वाधारहरु नै कमजोर बनेकाले पहिरो र बाढीका कारण जुनसुकै समय बन्द हुन सक्ने खतरा औल्याएको हो ।
सडक विभागसँग अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण नभएकाले वर्षायाममा थप समस्या आउन सक्ने सम्बन्धित पक्षहरु नै बताउँंछन् । सडक विभागले उच्च जोखिममा रहेका सडक खुलाउन कुनै कसर बाँकी नराख्ने बताउँदै भुकम्पबाट चिरा परेका सडकको मर्मतसम्हारको काम भइरहेको जनाएको छ ।