Live Streaming

​प्रहरी नै नियन्त्रणमा

पाँंचथर ,१ असार । मदिरा सेवन गरी स्थानीय महिलामाथि दुब्र्यवहार गरेको भन्दै पाँचथर प्रहरीले जवान दिपेश चौधरीलाई नियन्त्रणमा लिएको छ । अमरपुरको भालुचोकस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत चौधरीले स्थानीय एक महिलालाई बलात्कारको प्रयास गरेकाले भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख नायक उपरिक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।

मदिरा सेवन गरी अभद्र व्यवहार गरेका प्रहरी जवान चौधरीले थप दुईजना महिलामाथि समेत हातपात गरेका थिए । उनलाई कारवाहीको माग गर्दै स्थानियबासीले अमरपुरमा प्रदर्शन समेत गरेका छन् । चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिनुभयो ।