Live Streaming

​अर्का बुश आउने

एजेन्सी,१ असार । अमेरिकी राष्ट्रपतिय निर्वाचनको चुनावी दौडमा रहेका रिपब्लिकन उमेद्वार जेब बुशले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । फ्लोरिडा राज्यका पूर्व गर्भनर उनी पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुशका भाइ हुन् ।

६२ वर्षीय  बुशले एक भिडियो सार्वजनिक गर्दै अमेरिका हाल उभिएको स्थानबाट माथि उकास्न एक कुशल नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले सो नेतृत्ब लिन आफु ईच्छुक र सक्षम रहेको बताएका छन् । उनले अमेरिकी जनताको सुरक्षाका लागि आफूले उदाहरणीय काम गर्ने समेत दावी गरेका छन् । यसअघि डेमोक्रेटिक उमेद्बारको दौडमा रहेकी हिलारी क्लिटनले पनि र्यालीसहित आफ्नो चुनावी अभियान सुरु गरेकी थिइन् ।