Live Streaming

लाइफ इन्स्योरेन्सले लाभांस दिने

काठमाडौं, १ असार । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६८ प्रतिशत लाभांस दिने भएको छ । चुक्ता पुँजीको ६० प्रतिशत बोनश सेयर र ८ प्रतिशत वितरण गर्ने कम्पनीका अध्यक्ष रमेश गुप्ताले जानकारी दिनुभयो । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने निर्णयसमेत साधारणासभाले गरेको छ । लाईफ इन्स्योरेन्सले नयाँ व्यवसायका आधारमा करिब ४१ प्रतिशत बजार हिस्सा ओगटेर अग्रस्थान लिएको गुप्ताको दावी छ । यसैबीच,, मध्य र सुदूर पश्चिमाञ्चलका दुग्ध सहकारी तथा दुग्ध उत्पादक कृषकहरुलाई ऋण लगानी गर्नका लागि सक्षम र एनएमबी बैंकबीच सम्झौता भएको छ । सम्झौतासँंगै सक्षम एक्सेस टु फाईनान्स कार्यक्रम र एनएमबी बंैक दुवै संस्था मिलेर दुग्ध वित्तीय सहयोग नामक परियोजना सचालन गर्ने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।