Live Streaming

करप्रणाली संशोधन हुने

काठमाडौं,१ असार । उच्च स्तरीय कर प्रणाली पुनरावलोकन आयोगले वर्तमान करप्रणाली संशोधनका लागि तयारी गरिरहेको छ । संशोधनका लागि विद्यमान कर प्रणालीमा कानूनी अवस्था, अप्ठेराहरुहरूका विषयमा सरोकारवालासंँंग छलफल गरिरहेको हो । करप्रणालीका विषयमा देशव्यापी रुपमा कानून व्यवसायीलगायत सम्बन्धित विज्ञसँग छलफल गरी प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा आवश्यक संशोधन हुने राजस्व विभागका महानिर्देशक चुडामणी शर्माले जानकारी दिनुभयो ।

भूकम्पका कारण वित्त व्यवस्थापनका लागि अतिरिक्त करको स्रोत व्यवस्थापनका विषय अध्ययन भइरहेको समेत शर्माले बताउनुभयो । कर प्रणालीको वर्तमान स्वरुप र संरचना राम्रो भएको तर मुलुकको राजनीति तथा आर्थिक अवस्था र कर प्रणालीमा केही समायोजनको खांचो रहेको उहाको भनाई छ ।  एक लाख ४१ हजार करदाता मूल्यअभिवृद्धि करमा दर्ता भएकोमा  एक करोडभन्दा कम कारोबार गर्ने करदाताले तिर्ने कर ८ प्रतिशत रहेको छ ।