Live Streaming

चार राष्ट्रबीच यातायात सम्झौता

 काठमाडौं, ३२ जेठ । नेपाल, बंगलादेश, भुटान, भारतका बीच यातायासम्झौता सम्पन्न भएको छ । भुटानको थिम्पुमा आज बिहान भएको सम्झौतामा नेपालका तर्फबाट भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधिले हस्ताक्षर गर्नुभयो । परराष्ट्रमन्त्रालयका उपसचिव गहेन्द्र राज भण्डारीका अनुसार यो सम्झौता कार्यान्वयनमा आएपछि चार देशका यातायातका साधनहरु बिना कुनै प्रतिवन्ध, निर्वाध चारै देशमा जान आउन बाटो खुल्नेछ ।

उहाँले यसपछि पनि चारै देशबीच अर्काे महत्वपूर्ण सम्झौता हुने र त्यो सम्झौता कार्यान्वयनमा आउने वित्तिकै व्यक्तिगत र कार्गाेयुक्त सवारीसाधन विना कुनै अवरोध चारै देशमा आउजाउ गर्न सक्ने बताउनुभयो ।