Live Streaming

अर्नाको आक्रमणबाट झापामा एकजनाको मृत्यु

उमाकान्त खनाल, विर्तामोड ।
अर्नाको आक्रमणबाट झापाको विर्तामोड नगरपालिका ९ का १८ बर्षिय गोलु सतारको मृत्यु भएको छ । अन्य तीन जना गंभिर घाईते भएका छन् । अर्नाको आक्रमणबाट आज बिहान गंभिर घाईते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विर्तामोड ९ का केरकेरु राजवंशीको पेटमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते भएका विर्तामोड ९ कै ७० वर्षकी ललिता राजवंशी, उनकी छोरी पूणिर्मा राजवंशी विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा अहिले अर्नालाई जंगलतर्फ नै भगाउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अर्ना सैनिक मोडको दक्षिणतर्फको चिया बगानमा रहेको स्थानीयले बताएका छन् ।