Live Streaming

पर्यटकीय सम्पदा आजबाट खुल्ला

मनीषा अवस्थी, काठमाडौं ।
राजधानीसहित मुलुकभरका पर्यटकीय सम्पदा आजबाट आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला भएका छन् । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको पर्यटन क्षेत्र ठीक रहेको सन्देश दिन आजबाट सम्पदाहरु खुल्ला गरेको हो । भुकम्पपछि ध्वस्त भएका ठाउँमा पहिलेको सम्पदा र अहिलेको सम्पदा भनेर तस्वीर समेत राखिने भएको छ ।


भूकम्पका कारण करीब ८१ अर्ब रुपैयाँ बराबरको क्षति ब्यहोरेको पर्यटन क्षेत्रलाई फेरी चलायमान बनाउन पर्यटकीय सम्पदाहरु आजबाट खुल्ला गर्न लागिएको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो । यसको सुरुवात विश्व सम्पदा सुचीमा सुचीकृत भक्तपूर दरवारबाट गरिने उहाँले जानकारी दिनुभयो । तत्कालका लागि जान नमिल्ने ठाउँ बाहिरैबाट अवलोकन गराइने महानिर्देशक गौतको भनाईछ ।


पुरातत्व विभागका अनुसार, राजधानीसहित २२ जिल्लामा ७ सय ३३ वटा संरचना भत्किएका छन् । पर्यटन क्षेत्रमा पुगेको क्षति पुनर्र्निर्माण तथा पुनःउथ्थानका लागि करीब ४१ अर्ब रुपैयाँ लाग्ने रष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको भूकम्पछिको आवश्यकता मुल्याङ्कन प्रतिवेदन पिडिएनएमा उल्लेख छ ।