Live Streaming

सेभ द चिल्ड्रेनप्रति पाकिस्तान केही नरम

जेठ ३२, एजेन्सी ।
पाकिस्तान सरकारले  आफ्नो मुलुकमा रहेको सेभ द चिल्ड्रेनको शाखा बन्द गर्ने निर्णय फिर्ता लिएको छ । गतसाता मात्र प्रहरीले सरकारी आदेश भन्दै सेभ द चिल्ड्रेनको ईस्लामाबादस्थित कार्यालयमा ताला लगाएको थियो । संस्थाले सरकार बिरोधि गतिबिधि सञ्चालन गरेको आरोप लगाउदै सो कार्यालय बन्द गर्न आदेश दिएको थियो ।

पाकिस्तानी सरकारको सो कदमप्रति अन्तराष्ट्रिय स्तरमा चर्को आलोचना भएको थियो । पाकिस्तानी सरकारको पछिल्लो निर्णयलाई सेभ द चिल्ड्रेनको मुख्यालयले स्बागत गरेको छ । मुख्यालयले आफ्नो ईस्लामाबादस्थित कार्यालयले पाकिस्तान सरकार बिरोधि कुनै गतिबिधि सञ्चालन नगरेको स्पष्ट पारेको छ ।

उसलाई अलकायदा प्रमुख ओसामाबिन लादेनको हत्या गराउन अमेरिकी जासुसी एजेन्सिहरुसंग बिशेष साँठगाँठ गरेको आरोप समेत लगाईएको थियो ।