Live Streaming

माघरबका बरिष्ठ नेता मोक्तरको मृत्यु

जेठ ३२, एजेन्सी ।
अलकायदा निकट मानिएको ईस्लामिक माघरबका बरिष्ठ नेता मोक्तर बेल्मोक्तरको अमेरिकी सेनाको कारबाहीमा मृत्यु भएको छ । लिबियामा बिद्रोही बिरुद्ध गठबन्धन सेनाको कारबाहीमा उनी मारिएको लिबिया सरकारले पुष्टि गरेको छ । उनीसंगै अन्य केही नेताहरु पनि सोही कारबाहिमा मारिएको लिबिया सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

२ बर्ष अघि अल्जेरियाको एक ग्याँस उद्योगमा बिष्फोट गराएर ४० भन्दा बढिको हत्या गर्ने मुख्य योजनाकार मानिएका मोक्तरको मृत्युले माघबर बिद्रोहिलाई ठुलो धक्का लागेको अमेरिकाले दाबी गरेको छ ।