Live Streaming

२ अर्ब खर्च कटौती गर्न ईयुको आग्रह

जेठ ३२, एजेन्सी ।
ऋण संकट समाधान गर्न ग्रीस र उसका अन्तराष्ट्रिय कर्जादाताहरु बीचको बार्ता निष्कर्षबिहिन भएको छ । सम्झौताको सर्तमा दुबै पक्षबिच मतभेद भएपछि बार्ता बिना निश्कर्ष सकिएको अधिकारीहरुले बताएका छन् ।

यद्यपी युरोपियन युनियनले भने बार्ता सकारात्मक रुपमा अघि बढेको र ऋण संकट समाधानका लागि ग्रीसले जारी खर्च २ अर्बले कटौती गर्नुपर्ने बताएको छ । पछिल्ला केही महिनायता चुलिएको ऋणसंकटले देशको आर्थिक अबस्था नराम्ररी प्रभाबित बनाएपछि ग्रीसले अन्तराष्ट्रिय कर्जादाताहरुसंग बार्ताको आब्हान गरेको थियो । बार्ता बिहीबार पुन बस्नेछ ।