Live Streaming

राई, यादव र कार्कीका पार्टी एक हुँदै

दीपक धिताल, काठमाडौं ।
मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी र खस समावेशी राष्ट्रिय पार्टीबीच आज एकिकरण हुँदैछ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी र युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टीबीच गत शनिवार एक हुने सहमती भएको थियो । एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिने भएको छ ।

नयाँ पार्टीको अध्यक्षमा उपेन्द्र यादव र अशोक राई संसदीय दलका नेता बन्नुहुनेछ । यसैगरी, पाँच जनाको अध्यक्ष मण्डल बनाइने भएको छ । जसमध्ये फोरम नेपाल र संघीय समाजवादीबाट दुई–दुई र खस समावेशी पार्टीबाट एकजना हुनेछन् । महासचिवमा फोरम नेपाल र संघीय समाजवादीबाट एक–एक, सचिवमा फोरम नेपालबाट एक जना चयन हुनेछन् । फोरमकै शिवजी यादव प्रमुख सचेतक हुने तय भएको छ । नयाँ पार्टीको केन्द्रीय समिति २ सय सदस्यीय हुने भएको छ ।

पार्टीले लोकतान्त्रिक समाजवादलाई पार्टीको सिद्धान्त बनाउने भएको छ ।