Live Streaming

छुट्टाछुट्टै दुर्घटनामा चालक र सहचालकको मृत्यु

काठमाडौं, ३२ जेठ ।
वीरगन्जको घण्टाघर नजिकैको मेनरोडमा आज बिहान बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । घण्टाघर चोक नजिकै रहेको नेपाली सेनाको ब्यारेक अगाडि मेनरोडमा बिहान पाँच बजे ना ३ ख १४२६ नम्बरको बस पल्टिदा सहचालक बाराको जितपुर निवासी १८ वर्षिय नितेश कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो बस सहचालक नितेशले नै चलाएका थिए । ब्यारेक अगाडिको मोडबाट बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।


उता, कञ्चनपुरको देखतभुलीमा इँटा बोकेको ट्रयाक्टर पल्टिदा बेलौरी नगरपालिकाका चालक पूलचन्द्र रानाको मृत्यु भएको छ । चालक राना निदाएपछि से १ त २४५० नम्बरको ट्रयाक्टर सडक छेउ पल्टिएको प्रहरीले जनाएको छ ।