पढाई नभएको समयको शुल्क ५० प्रतिशत घटाउन सरकारको निर्देशन
जेठ ३१, काठमाण्डौ । भूकम्प पछि विद्यालयहरुमा पढाइ नभएको अवधिको शुल्क आधा मात्र लिन विद्यालय संचालकहरुलाई सरकारले निर्देशन दिएको छ ।
विभिन्न विद्यार्थी संगठनहरुले शुल्क मिनाह गर्नु पर्ने माग राख्दै आन्दोलनको घोषणा गरेपछि शिक्षा मन्त्रालयले आज निजी विद्यालय र कलेजले पढाई नभएको अबधिको शुल्क ५० प्रतिशत मिनाहा गर्न निर्देशन दिएको हो ।
विद्यार्थी संगठनहरुले पढाइ नभएको दिनको पुरै शुल्क फिर्ता गर्न माग गरे पनि मन्त्रालयले पचास प्रतिशतमात्र शुल्क फिर्ता गर्ने सहमति निजी शैक्षिक संस्था सञ्चालकहरुसँग गरेको हो ।
निजि विद्यालय संचालकहरुले ५० प्रतिशत शुल्क मिनाहा गर्ने भएपछि विद्यार्थी संगठनहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएको नेविसंघ प्रवक्ता युप् लामिछानेले जानकारी दिनुभयो । भूकम्पका कारण निजी विद्यालय र कलेजमा वैशाख १३ गतेदेखि जेठ १६ गतेसम्म पढाइ बन्द भएको थियो ।