Live Streaming

गुरुङ गर्जिए

काठमाडौं,३१ जेठ। नेकपा–माओवादीका सविच देव गुरुङ्गले भूकम्पपीडितहरुको व्यवस्थापन गर्न छोडेर चार दलले  १६ बुदे सहमतिको नाममा जनतालाई धोका दिएको आरोप लगाउनुभएको छ । सुर्खेतको विरेन्द्रनगरमा आज आयोजित एक कार्यक्रममा उहाँले १६ बुदे सहमतिले देशलाई उल्टो दिशातर्फ लाने बताउनुभयो । 

भूकम्पका कारण जनता संकटमा फसेको मौका छोपेर चार दलले निरङकुश शैलीमा सहमति गरेको भन्दै उहाँले तत्काल सरकार परिवर्तन आवश्यक नभएको टिप्पणी गर्नुभयो । दलहरु सरकार गठन र परिवर्तनको खेलमा लागेको भन्दै उहाँले यसले अर्को संकट पैदा गर्ने चेतावनी दिनुभयो ।

भूकम्पका कारण विस्थापित भएकाहरुको पूनसर््थापना र ध्वस्त भएका भौतिक संरचनाहरुको पूनर्निमार्ण गर्नका लागि सबै दलहरुबीच एकता आवश्यक भएपनि सरकार नै परिवर्तन गर्नुपर्ने कुनै आवश्यक्ता नरहेको उहाँको भनाइ छ ।