Live Streaming

​संविधान जारी पछि कांगेसलाई राष्ट्रपति र एमालेलाई प्रधानमन्त्री : प्रचण्ड


दाङ,३१ जेठ। एकीकत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताउनु भएको छ । बाँकेको कोहलपुरमा आज  सञ्चाकर्मीसंग अधयक्ष दाहालले आठ प्रदेशमा भएको समझदारी राजनीतिक शक्ति सन्तुलनको उपज भएको प्रष्ट पार्दै यसमा असन्तुष्टि जनाउनेहरुले समझदारीको वास्तविकता नबुझेको बताउनुभयो ।

समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्न नहुने बताउँदै उहाले  कुनै पनि राजनीतिक समीकरण स्थायी नहुने परिस्थितिअनुसार फेरबदल हुने बताउनुभयो । अध्यक्ष दाहालले संविधान जारी भएपछि कांग्रेसलाई राष्ट्रपति र एमालेलाई प्रधानमन्त्री दिने समझदारी भएको समेत बताउनुभयो ।