Live Streaming

​ रसुवा जान रोक

नुवाकोट, ३१ जेठ। वर्षात् सुरु भएसँगै सडकमार्ग माथिबाट पहिरो झरिरहेका कारण नेपाल–चीन प्रवेशको दोश्रो ठूलो तथा छोटो रसुवागढी नाका जान सर्वसाधारणलाई रोक लगाइएको छ । अत्यावश्यक काम बाहेक अन्य उद्धेश्यका लागि रसुवागढी जान सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्देै रोक लगाइएको रसुवा प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालका अनुसार रसुवागढी नाका जानका लागी करिब १५ किलोमिटर वरै रहेको स्याफ्रुवेशीमा रहेको प्रहरी पोष्टले अनुमति दिएपछि मात्र रसुवागढी जान सकिन्छ । अत्यावश्यक काम नभएकाहरुलाई उनीहरुकै सुरक्षाको कारण रोक लगाइएको रिमालले वताउनुभयो । सडक आसपासमा माथीबाट पहिरो झरिरहेको रिमालले बताउनुभयो ।