नुवाकोटमा खानेपानीको हाहाकार
नुवाकोट, ३१ जेठ। भुकम्पले नुवाकोटमा सयौं खानेपानीका आयोजनामा व्यापक क्षति पु¥याएको छ । भुकम्पले राष्ट्रियस्तरका योजनाको संरचनामा पनि क्षति पुगेको छ । खानेपानी आयोजनामा क्षति पुगेपछि सर्वसाधारण खोला तथा कुवाको पानी पिउन वाध्य भएका छन् । भुकम्पले नुवाकोटका तीनसय साना तथा ठुला आयोजनामा क्षति पु¥याएको कार्यालयका इन्जिनियर विश्वजीत कायस्थले जानकारी दिनुभयो ।
खानेपानीको आयोजनामा क्षति पु¥याउंदा नुवाकोटमा २० करोड रुपैयाको नोक्सान भएको कार्यालयका प्राविधिक पदमसिह धामीको भनाइ छ । उहाका अनुसार क्षतिग्रस्त आयोजनाको संरचना पुर्ववत अवस्थामा ल्याउन दुई वर्षको समय लाग्नेछ ।