Live Streaming

पूर्वमा अख्तियार सक्रियता

झापा,३१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सुनसरी, मोरङ र झापाका मालपोत कार्यालयका कागजपत्र नियन्त्रणमा लिएको छ । जिल्ला मालपोतमा जग्गा रजिष्टेशन शुल्कमा भ्रष्टचार बढेपछि अख्तियारको कागजपत्र नियन्त्रणमा लिएको हो ।  मालपोत कर्मचारीले जग्गा पास र नामसारी गर्दा जग्गा धनीले बुझाएको राजस्व रकम अनियमितता गरेपछी मालपोत कार्यालयका आबश्यक कागज पत्र अख्तियारले नियन्त्रणमा लिएको हो ।  

मालपोत कार्यालयहरुले जग्गा धनीबाट बढि रकम असुल्ने र मालपोतको श्रेष्तामा कम रकम देखाएर जग्गा धनीले बुझाएको राजस्व नै गाएव पारेपछी अख्तियारले तीन वटै जिल्ला मालपोत कार्यालयका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान पक्रिया अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रिय कार्यालयल इटहरीका प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिनुभयो ।  सरकारले महिलाका नाममा जग्गा नामसारी गर्दा ३० प्रतिशत राजस्वमा छुट दिएको भएपनी सुनसरी, मोरङ र झापा मालपोतमा पुरुषहरुले मालपोत कार्यालयमा गरेको जग्गा रजिष्टेशनपासलाई समेत महिलाको नाम देखाएर कर्मचारीहरुले ३० प्रतिशत राजस्व हिनामिना गर्ने गरेको समेत भेटिएको छ ।