Live Streaming

​जर्जियामा चिडीयाखाना भत्कियो, ८ को मृत्यु

एजेन्सी, ३१ जेठ । जर्जियाको राजधानीमा परेको भारी वर्षाका कारण त्यहाँस्थित चिडियाखाना भत्कदा दर्जनौँ जंगली जनावरहरु भागेका छन् । जनावरहरु भागेपछि प्रशासनले स्थानीयलाई घरभित्र बस्न आग्रह गरेको छ ।  घट्नामा १ चिडीयाखाना कर्मचारीसहित ८ जनाको मृत्यु भएको छ भने १० जना कर्मचारीहरु हराइरहेका छन् । जंगली जनावरको आक्रमणमा ति ८ जनाको मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे स्पष्ट भइसकेको छैन । 
चिडियाखानबाट सहरको बीच चोकमा पुगेको हिप्पोपोटामसलाई लठ्याउने बन्दुक टा«न्क्युलाइजर प्रहार गरी नियन्त्रणमा लिइएको छ भने अन्य केही जनावरहरुलाई पनि नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय संचार माध्यम डेली मेलले बताएको छ । कति जनावरहरु चिडियाखानबाट बाहिर गएका छन् भन्ने तथ्य बाहिर आइसकेको छैन । बाघ, भालु र फ्याउरोहरु समेत चिडीयाखानबाट हराइरहेका छन् । जर्जियन जनावर अधिकारकर्मीहरुले बनमा रमाउने जनावरहरुलाई सरमा थुनेर राख्दा त्यसको मुल्य चुकाउनुपरेको प्रतिक्रिया दिएका छन् ।