Live Streaming

दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं,३१ जेठ । राष्ट्रपति रामबरण यादवले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सरकार र  दलहरुलाई आग्रह गर्नुभएको छ । मकवानपुरको थाहा नगरपालिका – ८ स्थित सुरक्षा वेशक्याम्पमा आयोजित कार्यक्रममा राष्ट्रपति यादवले नयाँ संविधान छिट्टै जनतामाझ ल्याउन पनि दलहरुलाई एकजुट हुन आव्हान गर्नुभयो । उहाँले भूकम्पबाट मकवानपुरमा भएको जनधनको क्षति र उद्धारको कामबारे जानकारी लिनुभएको छ ।

राष्ट्रपति यादवले मनसुन सुरु भैसकेकाले अब घर टहरा निर्माणको काम चाँडै सक्न र पीडितलाई राहत रकम छिटो वितरण गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ  । सोहि क्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भूकम्पपीडित जनतालाई अस्थायी टहराको व्यवस्थाका साथसाथै दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले बृहत् गुरुयोजना तयार गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रममा एकिकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागि हुनुभएको थियो ।