कतारमा संकलन अर्घाखाँचीको राहात
काठमाडौं, ३१ जेठ । रोजगारीका लागि कतार गएका युवाहरुले अर्घाखाँचीका १८ भुकम्प पीडित घरपरिवारलाई राहात वितरण गरेका छन् । रोजगारीको शिलशिलामा कतार गएका जिल्लाबासीहरुको साझा संगठन अर्घाखाँची सेवा समाज दोहा कतारले सन्धिखर्कमा कार्यक्रमको आयोजना गरी १८ घरपरिवारलाई राहात वितरण गरेको हो । सन्धिखर्कसहित अड्गुरी, ढिकुरा नुवाकोट र धारापानीका १८ मध्ये ४ घरपरिवारलाई प्रतिपरिबार एक बण्डल जस्तापाता र बाँकी परिवारलाई २ हजारदेखि ५ हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराएको सेवा समाजका संरक्षक नारायण खनालले जानकारी दिनुभयो ।