एम्नेष्टीका ८ जनाको राजिनामा
काठमाडौं, ३१ जेठ । एमनेष्टी ईन्टरनेसनल नेपाल शाखाका उपाध्यक्षसहित ८ जनाले सामुहिक राजिनामा दिएका छन् । पूर्व सभापतिहरु कृष्ण पहाडी र कृष्ण कँडेलले राजनीनामा दिएको दुई दिनपछि थप ८ जनाले सामुहिक राजिनामा दिएका हुन । उनीहरुले एमनेष्टीको अन्तर्राष्ट्रिय सचिवालयले लिएको नीतिप्रति असहमति जनाएका छन् । अध्यक्ष सूर्यबहादुर अधिकारीले भने राजीनामा दिनु भएको छैन । नन्दप्रसाद अधिकारी र सिके राउत प्रकरणमा लिएको नीति गलत भएको ठहर गर्दै उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र ५ जना कार्यसमिति सदस्यले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा उपाध्यक्ष प्रताप पौडेल ,महासचिव डिकप्रसाद घिमिरे कोषध्यक्ष प्रवीन अग्रवाल र सदस्यहरु अर्जुन अधिकारी, पद्मिनी थापा, मञ्जु देवी अर्याल, शेषकुमार निरौला तथा हेरम्बदेव भट्टराई छन् ।
राजीनामा दिनेहरुमा उपाध्यक्ष प्रताप पौडेल ,महासचिव डिकप्रसाद घिमिरे कोषध्यक्ष प्रवीन अग्रवाल र सदस्यहरु अर्जुन अधिकारी, पद्मिनी थापा, मञ्जु देवी अर्याल, शेषकुमार निरौला तथा हेरम्बदेव भट्टराई छन् ।