काठमाडौं, ललितपुर र भक्तपुर संकटग्रस्त घोषणा
प्रकाश आस्था, काठमाडौं ।
सरकारले काठमाडौ उपत्यकाका तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै पुर्ननिर्माणको काम अघि बढाउने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले भुकम्पबाट प्रभावित काठमाडौ, भक्तपुर र ललितपुरका जोखिमयुक्त घर भत्काउन कार्यविधि समेत पारित गरेको छ । बिनाशकारी भुकम्पपछि उपत्यकाका तीनै जिल्लामा क्षति पुगेका भवनहरु भत्काउन र नयाँ निर्माण गर्न सरकारले दैवी प्रकोप उद्धार ऐन २०३९ अनुसार ती जिल्लालाई एक बर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
त्यसैगरी राष्ट्रिय पुननिर्माण कोषमा विदेशी दाताहरुबाट सहयोग जुटाउन भन्दै गैर आवासीय नेपाली संगठन एनआएनएका अध्यक्ष शेष घलेलाई बिशेष दूत नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी रिक्त महालेखा नियन्त्रकमा राजेन्द्र नेपाल र नेपाल ट्रस्ट कार्यालयको कायममुकायम सचिवमा केदारबहादुर अधिकारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
कुख्यात रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै सरकारले केही प्रहरी अधिकृतहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको छ । सरकारले प्रहरी नायब महानिरिक्षक हेमन्त मल्ल ठकुरीलाई ३० हजार, प्रहरी नायब उपरिक्षक भिम बबहादुर दहाललाई २५ हजार तथा प्रहरी निरिक्षकद्धय महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई २२–२२ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै रक्षा मन्त्रालय अन्र्तगत प्राविधिक सहायक रथी, चालक सहायक रथी, महासेनानीहरुको पदावधि थप गर्ने विषयमा निर्णय भएको छ । त्यस्तै पर्यटन, नागरिक उड्ययन तथा सँस्कृति मन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।