Live Streaming

एमाले शीर्ष नेताहरु सरसफाइ अभियानमा

काठमाडौं, ३१ जेठ ।
पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयंसेवक परिचालन अभियान अन्तर्गत एमाले शीर्ष नेताहरु आज विहान सरसफाइ अभियान सहभागी भएका छन । विहान ७ बजेदेखि सुरु भएको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदा सरसफाई २ घण्टासम्म चलेको थियो ।  काठमाडौंको बसन्तपुर क्षेत्रमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, सचिव तथा अभियान संयोजक गोकर्ण विष्ट लगायत स्थायी कमिटीका अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।

यस्तै ललितपुरको बटुकभैरव लगनखेलमा बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका नेताहरु सरसफाइ अभिायनमा जुट्नुभएको थियो ।

यसैगरी पशुपतिनाथ मन्दिर परिसरमा उपाध्यक्ष विद्या भण्डारी, स्थायी कमिटीका सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा लगायत नेताहरुले सरसफाइ गर्नुभएको थियो ।