Live Streaming

मनशुन शुरु

काठमाठौं, ३१ जेठ ।
नेपालमा यसबर्षको मनशुन शुरु भएको छ । पूर्व र पश्चिमका जिल्लामा एकसाथ पानीपरेसँगै ३ दिन ढिला गरी मनसुन शुरु भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० तारिखदेखि सेप्टेम्बर ५ सम्म एक सय पाँच दिन मनसुन सक्रिय रहने गर्छ । मनसुन सुरु भएसँगै हिजो साझँ पश्चिम कैलालीको धनगढी, भैरहवा, दाङ, पोखरा, हुम्ला, काठमाडौं लगायत पूर्वका अधिकांश पहाडी जिल्लामा लगातार पानी परिरहेको छ । यससंगै पूर्वका तराई जिल्लामा आजराती पानी पर्ने सम्भावना रहेको मौसमवीदहरुले बताएका छन् ।

यस बर्ष भूकम्पको कारण धेरै ठाउँमा जमिन कमजोर भई धाँजा फाटेका कारण पहाड भत्किएर पहिरो जाने सम्भावना रहेको भुगर्वविदहरुले जनाएका छन ।  भूकम्पप्रभावित १४ जिल्लामा त्यसको जोखिम उच्च छ भने त्यसबाहेक अन्य जिल्लामा पनि जनजीवन भयवित छ । मनशुन शुरु भएसंगै पानी निरन्तर आउदा पहिरोसंगै बाढी आउने भएकोले नदी र खोला आसपास क्षेत्रका मानिसहरु सतर्कताका लागी तयारी अपनाउन पनि विज्ञहरुले आग्रह गरेका छन ।