Live Streaming

नपढाई शुल्क लिएको भन्दै बिद्यार्थी संगठनहरु आन्दोलनमा

काठमाडौं, ३१ जेठ ।
निजी विद्यालयहरूले विदा अवधिको शुल्क मिनाहा नगरेको भन्दै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् । माग पुरा गर्न संम्बन्धित पक्ष गंभिर नबनेको तथा बैशाख ६ गतेको सहमति लागु गराउन र भुकम्प गएको अवधि १ महिनाको शुल्क मिनाह लगायतका माग पुरा गराउन विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका हुन । हिजो आन्दोलनको घोषण गरेका उनीहरुले आज बिहान प्रधानमन्त्री सुशील कोइरालाको ध्यानआकर्षण गराएका छन ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनले प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर आज बिहान ज्ञापनपत्र बुझाएका छन् । नेविसंघका नेता युपी लामाछिनेले भूकम्पका बेला बन्द भएको विद्यालयको शिक्षण शुल्क पूर्ण मिनाहा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

भुकम्पले करिब १ महिना भन्दा बढी शैक्षिक संस्था बन्द भएकोले बन्द समयको शुल्क नलिन गरेको आग्रह अटेर गर्दै सम्बन्धित सरोकारवाला, शिक्षा मन्त्रालय बिच भएको छलफललाई ओझेलमा पार्न खोजिएको विद्यार्थी संगठनहरूले आरोप लगाएका छन् ।