संघर्ष बिरामका समय पनि म्यानमारमा आक्रमण
जेठ ३१, एजेन्सी ।
बिद्रोहिले एकतर्फि संर्घषबिराम गरेपनि म्यानमारमा सरकारी सेनाले बिद्रोहि माथि कारबाही अभियान जारी राखेको छ । गत सोमबारनै एकतर्फी युद्ध बिरामको घोषणा गरेको बिद्रोही माथि सरकारी सेनाले कोकान ईलाकामा कारबाही जारी राखेको हो ।
सेनाको कारबाहीमा केहि बिद्रोहिको मृत्यु समेत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार राती देखि २४ घण्टाभन्दा लामो समय सेनाले बिद्रोही बिरुद्ध कारबाही गरेको थियो । चीनको सीमा क्षेत्रमा रहेको सो ईलाकामा ४ महिनायता चलेको संर्घषका क्रममा सयौको मृत्यु भैसकेको छ भने हजारौ बिस्थापित भएका छन् ।