ओबामाको समयमा अमेरिकाका नागरिकले सुख पाएनन् : हिलारी क्लिन्टन
जेठ ३१, एजेन्सी ।
अमेरिकाको राष्ट्रपति पदकी डेमोक्रेटिक उमेद्बारको दौडमा रहेकी हिलारी क्लिन्टनले चुनाबी अभियान सुरु गरेकी छन् । न्युर्योकस्थित रुजबेल्ट आईसल्याण्डमा उनले हजारौ समर्थक सामु आफ्नो चुनाबी अभियान सुरु गरेकी हुन् । सो अबसरमा उनले आफ्नो मुख्य नीतिको रुपरेखा समेत सार्बजनिक गरेकी छन् । समर्थकहरुलाई संबोधन गर्दै उनले अमेरिकी जनतालाई सधै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।
६७ बर्षिय क्लिन्टनले हाल रहेको अर्थब्यबस्था शीर्ष ब्यक्तिहरुको कब्जामा रहेको र यसलाई उनीहरुको कब्जाबाट मुक्त गराई सर्बसाधारणको पहुँचमा ल्याउने दाबी गरेकी छिन् । अघिल्लो राष्ट्रपतीय निर्बाचनमा रिपब्लिक उमेद्बार बराक ओबामासंग पराजित भएकी क्लिन्टनले ओबामाको कार्यकालमा अमेरिकी जनताले कुनै सुख नपाएको आरोप समेत लगाएकी छन् ।