अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो
जेठ ३१, एजेन्सी ।
कोपा अमेरिका कप अन्र्तगत गएराती भएको खेलमा डिफेन्डिङ च्याम्पियन उरुग्बे बिजयी भएको छ । उसले जमैकालाई १–० ले पराजित गरेको हो । खेलको ५२ औं मिनेटमा क्रिष्टियन रोड्रिगेजले निर्णायक गोल गरेका थिए ।
त्यस्तै गएराती नै भएको दोश्रो खेलमा पाराग्बेले अर्जेन्टिनालाई २–२ को बराबरीमा रोकेको छ । पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले सो अग्रता जोगाउन असफल भएपछि पाराग्बेसंग अंक बाढ्न बाध्य भयो । खेलको २९ औं मिनेटमा सर्जियो अग्युरोले गोल गरेको थियो भने ३६ औं मिनेटमा कप्तान लियोनेल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । तर नेल्सन भल्डेजले ६० औं र बेरिअस क्यासिरेजले ९० औं मिनेटमा गोल गरेपछि पाराग्वे अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भयो ।
यस्तै गएराती नै भएको अर्को खेलमा मेक्सिको र बोलिभियाले गोल रहित बराबरी खेल्दै अंक बाढेका छन् ।
प्रतियोगिता अन्र्तगत आज कोलम्बिया र भेनेजुएला तथा ब्राजिल र पेरुबिच खेल हुनेछ ।